देश

बसकाे ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु, बस चालक फरार

बसकाे ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु, बस चालक फरार

वैशाख - ५ । पूर्णागिरि दर्शन गरेर फर्किरहेका कैलाली, हसुलीयाका ३७ वर्षीय वसन्त विक र ३५ वर्षीय मीना विकको बसको ठक्करबाट मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् शुक्लाफाँटा नगरपालिका–५ वन समितिनजिकै बसले ठक्कर दिँदा ती दुईजनाको मृत्यु भएको हो । पूर्णागिरि दर्शन गर्न जाने दर्शनार्थी लिएर कैलाली आइरहेको सुदूरपश्चिम यातायातको ना३ख ३९५५ नम्बरको बसले त्यहाँबाट फर्केको से१प ४५५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । बसले ठक्कर दिएलगतै मोटरसाइकल चालक वसन्त विकको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएकी सोही ठाउँकी ३५ वर्षीया मीना विकको महाकाली अञ्चल अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो । ठक्कर दिने बस चालक फरार भएको र बसलाई भने इलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ ।

Accident

विशेष