मनोरञ्जन

तमिल सुपरस्टार कमल हसनको घरमा आगलागी, मुस्किल बचे हसन

तमिल सुपरस्टार कमल हसनको घरमा आगलागी, मुस्किल बचे हसन

वैशाख – ५ । तमिल सुपरस्टार कमल हसनको घरमा आगलागी भएको छ । उनको घरमा गत शनिबार आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागीबाट हसन मुस्किलले बचेको बताइएको छ । घटनापछि उनले ट्वीटबाट आफू सुरक्षित रहेको जानकारी दिएका थिए । ट्वीटमा हसनले आफ्ना कर्मचारीलाई धन्यवाद दिदै तेस्रो तलाबाट भुईँसम्म पुगन निकै कष्ट भएको जनाएका छन् । हसनको फोक्सोमा धूवाँ भरिएको बताइकाे छ । उनले अाफू ठीक भएकाे बताएका छन् ।  हसनको घरमा आगलागीको कारण भने खुलेको छैन । स्क्रिप्ट राइटर, निर्देशक, निर्मातसमेत रहेका हसनले ४ नेश्नल अवार्ड र १९ फिल्म फियर अवार्ड जितिसकेका छन् ।

Kamal Haasan

विशेष