समाज

ब्याकुल माइला महानगरको विकासदूत

ब्याकुल माइला महानगरको विकासदूत
वैशाख - ५ । काठमाडौँ महानगरपालिकालाई सभ्य, सुसंस्कृत, स्वच्छ र सफा बनाउने अभियानका लागि राष्ट्रगानका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला) विकासदूत भएका छन् । माइला र महानगरबीच मंगलबार सो सम्बन्धी एकवर्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्मानस्वरुप उनले मासिक रु ३० हजार पनि प्राप्त गर्नेछन् । कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगर र राष्ट्रगानका सर्जकबीचको सहकार्यले सहरी व्यवस्थापनका सम्भावना र चुनौतीबीच विकासको तरङ्ग ल्याउन सकिने विश्वास व्यक्त गरे । विकासदूतले सहरी व्यवस्थापनअन्तर्गत राजस्व परिचालन, सहरी आचरण, विकासलगायत महानगर र महानगरवासीबीच सिधा सम्पर्क हुने क्षेत्रमा काम गर्नुपर्नेछ । ओखलढुङ्गामा जन्मिएका राईले लेखेको ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’ बोलको गीत प्रतिस्पर्धामार्फत २०६४ साल जेठ ४ गते राष्ट्रिय गानका रुपमा घोषणा भएको हो ।

Byakul Maila

विशेष