मनोरञ्जन

यी हुन् बलिउडमा डिप्रेशनको शिकार भएका कलाकार, अमिताभ बच्चन देखी दीपिका पादुकोण सम्म

यी हुन् बलिउडमा डिप्रेशनको शिकार भएका कलाकार, अमिताभ बच्चन देखी दीपिका पादुकोण सम्म

मानिसको आवश्यकता र इच्छा समयमा पूरा नहुँदा झनै मानिसक तनावमा हुने गर्छन् । हामीले फिल्ममा सधै हासीखुसी देखिरहेका बलिउडका सेलिब्रेटीहरु पनि तनावमा देखिएका छन् । ती को को हुन् ?

१. अनुष्का शर्मा

अनुष्का शर्मा एन्जाइटी डिस अर्डरको सिकार भएकी छन् । यस बारेमा भने खुलेर कुरा गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । उनले यसबाट छुटकारा पाउन उपचार गराइ रहेकी छन् । उनले एक अन्तरवार्तामा भनेकी छन ।

२. सिल्क स्मिता

सिल्क स्मिता आफ्नो समयमा साउथ इन्डियनमा चर्चित र बोल्ड अभिनेत्रीको रुपमा चिनिएकी छन् । विद्या बालन अभिनित चर्चित फिल्म ’डर्टी पिक्चर’ सिल्क स्मिताको जीवनमै आधारित हो ।

सिल्क स्मिताको आफ्नो जीवनमा सफलता र सुख सुविधा समेत मिलेको थियो। तर पछि उनको फिल्मी करियर नै डुब्न थालेपछि नीजी जीवनमा समेत असर पर्न थाल्यो । यसपछि उनकोे मानसिक स्थितिमा धेरै असर पर्न थाल्यो र उनी डिप्रेशनको सिकार बनिन । उनको मानसिक अवस्था बिग्रेपछि सन् १९९६ मा घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी थिइन ।

३. परवीन बाँबी

परवीन बाबी पनि बलिउडको चर्चित नायिका हुन् । उनले सन् २००५ मा आफ्नो अपार्टमेन्टमा मृत अवस्थामा भेटिएकी थिइन । यी सबै कारण उनी पनि चरम डिप्रेशनको सिकार भएकी थिइन ।

४. जिया खान

बलिउडको सुन्दरी नायिका २५ वर्षीया जीया खान बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन र शाहरुख खानसँग समेत फिल्ममा अभिनय गरेकी नायीका हुन । सधै आफ्नो अनुहारमा मुस्कानले भरिएको जीया भने सन् २०१३ मा मुम्बइस्थित अपार्टमेन्टमा मृत अवस्थामा भेटिएकी थिइन ।

५. दीपिका पादुकोण

बलिउड उद्योगमा सर्वाधिक चर्चामा रहेकी अभिनेत्री दीपिका पादुकोण पनि डिप्रेशनको सिकार भएकी छन् । उनले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै आफूलाई डिप्रेशनको सिकार भएको बताएकी हुन् । उनले आफूलाई सधैं फिट रहे पनि गल्तीले सुटिङमा केही कुरा छुटाउथिन । उनले डिप्रेशनबाट मुक्त हुन औषधि खाइरहेकी छन् ।

६. संजय दत्त

मुम्बई ब्लास्ट प्रकरणमा लामो समय सजाय भोगेका बलिउड अभिनेता संजय दत्त पनि डिप्रेशनको सिकार भएकाथिए । उनी जब जेलमा थिए । मन मुटु सबै तनावमा देखिन्थ्यो यही कारण उनलाई डिप्रेशन भएको चिकित्सकहरुले बताएका छन् । तर उनले डिप्रेशन घटाउन योग र प्राणायाम गरेर सामान्य बनाइ सकेका छन् ।

७. मनीषा कोइराला

बलिउडमा चर्चित फिल्म दिइसकेकी अभिनेत्री मनिषा कोइराला पनि डिप्रेशनको सिकार भएकी थिइन । उनलाई पाठेघरको मुखको क्यान्सर भएपछि डिप्रेशनमा आएकी थिइन ।

यसका साथै उनी विवाहपछि पनि तनावमा थिइन । यसपछि उनीमा नशाको लत लागेको थियो । तर पछि अमेरिकामा उपचारपछि अहिले स्वस्थ जीवन बिताइरहेकी छन् ।

८. शाहरुख खान

बलिउडका बादशाह शाहरुख खान सबैभन्दा बढी कमाउने अभिनेतामा पर्नुहुन्छ। उहाँ पनि एक समय डिप्रेशनको सिकारबाट गुज्रिएका थिए । एक पटक काँधमा चोट लागेपछि उहाँलाई मानसिक तानव भएको तर पछि विस्तारै डिप्रेशनबाट मुक्त भएका थिए ।

९ अमिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चनको फिल्मी करियर धेरै नै शानदार रहेको छ। उहाँले बलिउड उद्योगमा धेरै हिट फिल्म दिएका उनी एक समय यस्तो थियो उनको फिल्मी करियर नै डुब्न लागेको थियो। ९० को दशकमा उनले खेलेको फिल्म कम्पनीले खासै व्यापार गर्न नसकेकपछि उनी निकै तनावमा थिए ।

त्यसबेला उहाँलाई धेरै रोगले समेत थिचेको थियो । समयको मागसँगै अमिताभले आफ्नो करियरलाई उठाए र बलिउडमा दमदार फिल्म र अभिनय पस्किएर आफूलाई महानायक साबित गरे ।

१०. धर्मेंन्द्र

शोले फिल्मा जय–वीरुको जोडी बलिउडमा अहिलेसम्मकै सबैभन्दा सफल जोडी मानिन्छ । यो सबैको व्यक्तिगत जीवनमा एक पटक लागू हुन्छ । तर यी जोडी पनि डिप्रेशनको सिकार हुनु र्पयो ।

त्यतिबेला धर्मेन्द्र १५ वर्षसम्म डिप्रेशनको औषधि सेवन गरेका थिए । पछि रक्सीको नसामा लत बसेपछि जीवन झन तहसनहस भएको थियो ।

११. वरुण धवन

हजारौ फ्यानको मनमा छाप छोड्न सफल अभिनेता वरुण धवन पनि डिप्रेशनको सिकार भएका थिए । उनले एउटा अन्तरवार्तामा फिल्म बदलापुरको सुटिङको क्रममा दिमागमा असर गरेको बताएका छन् ।

मानसिक तनावले सताएपछि उनले चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गरेका थिए ।

Dipresan

विशेष