मनोरञ्जन

२ लाख कुम्ल्याएर नायिका निशा अधिकारी बेपत्ता भएपछि...

२ लाख कुम्ल्याएर नायिका निशा अधिकारी बेपत्ता भएपछि...

नायिकाका कारण निर्माता-निर्देशकबीच शितयुद्ध चर्किएको छ ।

 नगद नारायण कुम्ल्याएर नायिका फरार भएपछि निर्माता, निर्देशकको रुवावासी मात्र मच्चिएको छैन । यही कारण दुई बीच बोलचाल नै बन्द भएको छ । २ लाख नगद लिएर नायिका फरार भएपछि निर्माता आकाश पल र निर्देशक दीपक बलीबीच बोलचाल नै बन्द भएको खबर आजको जनआस्थाले छापेको छ ।

यसरी निर्माता र निर्देशकबीचको तनाव पैदा गराउने नायिका हुन निशा अधिकारी । एक हप्ता सुटिङ बाँकी नै रहँदा अधिकारीले पारिश्रमीकबापतको रकम दुईलाख हात पारेपछि निर्माता–निर्देशकमात्र होइन चलचित्र युनिटको फोन उठाउन छाडेपछि तनाव उत्पन्न भएको हो ।

अधिकारीले यही चलत्रित्र प्युठानमा छायांकन गर्दा केही महिना अगाडि स्वर्गद्वारी होटमा मध्यरात बियर खाएर उत्पात मच्चाएको निर्माता युनिटले विर्सिएको छैन् ।

Nisha Adhikari

विशेष