मनोरञ्जन

अक्षयकुमारदेखि अभिषेक बच्चन र सलमानसम्म, विवाह टुटेका यी बलिउड सेलिब्रेटि

अक्षयकुमारदेखि अभिषेक बच्चन र सलमानसम्म, विवाह टुटेका यी बलिउड सेलिब्रेटि

सेलिब्रेटिहरुको जीवन सेतो कपडाजस्तै हो । अलिकति दाग लाग्दा पनि प्रष्ट देखिने । बलिउडमा यस्ता धेरै स्टारहरु छन् जसको अफेयर चलेर विवाह हुने पनि कुरा भयो । तर, कारणवश विवाह हुन पाएन । कतिको सम्बन्ध त इन्गजमेन्टसम्म पनि पुग्यो । तर, भाग्यमा जे लेखिएको छ त्यही हुने रहेछ भनेजस्तै उनीहरुको विवाह हुन सकेन । यी हुन् विवाह टुटेका बलिउड सेलिब्रेटि ।

रवीना टंडन र अक्षय कुमार

फिल्म ‘मोहरा’ मा रवीना टंडन र अक्षय कुमारले सँगै काम गरेका थिए । फिल्म सफल भएपछि दुबैजना एकअर्कासँग नजिकिए । उनीहरु दुईबीच तीन वर्षसम्म अफेयर चल्यो । एक अन्तर्वातामा रवीनाले आफूले अक्षयसँग गोप्यरुपमा इन्गेजमेन्ट गरिसकेको बताएकी छिन् । अक्षयले उक्त कुरा अरुलाई थाहा भएमा आफ्नो लाकप्रियता कम हुँदै जाने भनेर गोप्य राख्न भनेका थिए । दुबैको सम्बन्ध विवाहसम्म पुग्न लागेको थियो । तर यसै समय अक्षयको जीवनमा शिल्पा सेट्टि को आगमन भएका कारण अक्षय र रबीना अलग्गिए । अक्षयले रबीनासँगै शिल्पालाई पनि डेट गरेको बताइन्छ । तर पछि अक्षयले ट्वींकल खन्ना र रबीनाले बिजनेसमेन अनिल थडानीसँग विवाह गरे ।

अभिषेक वच्च्न र करिश्मा कपूर

करिश्मा कपूर र अभिषेक वच्च्नबीच अयभिषेककी बहिनी स्वेताको विवाहपछि प्रेम हुन थाल्यो । स्वेताको विवाह करिश्माकी फुपुकी छोरासँग भएको हो । त्यही समय अभिषेकलाई उनको डेब्यु फिल्म ‘रिफ्युजी’ मा काम गर्ने मौका मिल्यो । फिल्मको सेटमा करिश्मा अभिषेकलाई भिनाजु भनेर बोलाउँथिन् । केही समयपछि अमिताभ वच्चनले आफ्नो जन्मदिनमा करिश्मा र अभिषेकको विवाहको फैसला गरिदिए । करिश्मा त्यस समय करिश्मा टप हिरोइन भएको र अभिषेकको फिल्म फ्लप भइरहेका कारण करिश्माकी आमा बबितालाई अभिषेक मन पर्दैनथ्यो । बबितालाई अभिषेक आफ्नाो करियरमा सफल नहुने कुरामा शंका थियो । करिश्माले पनि आमाको यस कुरा टार्न नसकेका कारण उनीहरुको विवाह हुन सकेन ।

सलमान खान र संगीता बिजलानी

बलिउड अभिनेता सलमान खान र संगीता बिजलानी कुनै समय गम्भिर प्रेम सम्बन्धमा थिए । गाढा प्रेम सम्बन्ध विवाहमा पनि परिणत हुने अवस्थामा थियो । त्यही समय सलमानको जीवनमा सोमी अलीको आगमन भयो र संगीतासँगको सम्बन्ध टाढिदैँ गयो । सलमानले एक अन्तर्वातामा बताएका छन् संगीतासँग उनको विवाहको कार्ड पनि छापिइसकेको थियो । तर, पछि केही कुरा नमिलेका कारण उनीहरुको विवाह टुट्यो ।

मल्लिका शेरावत र विजय सिंह

सन् २०१३ मा मल्लिका शेरावतले टिभी सो ‘द ब्याचलरेट इन्डिया मेरे ख्यालों की मल्लीका’ मा विजय सिंहलाई पार्टनरको रुपमा चुनेकी थिइन् । मल्लिकाले विजयसँग इन्गेजमेन्ट पनि गरिन् तर एक वर्ष पछि नै उनीसँग सम्बन्ध तोडिदिइन् । मल्लिका भन्दा १२ वर्ष कान्छा विजयले एक अन्तर्वातामा मल्लिकासँग एक वर्षभित्र विवाह हुन पनि सक्ने र नहुन पनि सक्ने भन्ने कन्ट्राक्टमा हस्ताक्षर भएको बताएका थिए । मल्लिकाले एक वर्षको लागि लस एन्जलस बोलाउँदा विजय जान पाएनन् । केही महिनापछि उनीहरुबीचको उमेरको अन्तर धेरै भएकाले सम्बन्ध अघि बढ्न नसक्ने मल्ल्किाले बताइन् । अनन्त विवाह गर्छु भनेर उक्त सो मा गएका विजयको विवाह हुन सकेन ।

Abusej Bachhan Akchya Kumar

विशेष