मनोरञ्जन

आलीयाका बडिगार्ड रक्सीले मात्तिएपछि जागिर चट्

आलीयाका बडिगार्ड रक्सीले मात्तिएपछि जागिर चट्

बैशाख ६ । बलिउड अभिनेत्री आलीया भट्टकी आमा सोनी राजदानले आलीयाका एक बडिगार्डलाई जागिरबाट निकालिदिएकी छिन् ।

सुरक्षाको जिम्मेवारी उठाउनुपर्ने सुरक्षागार्डले नै रातको ३ बजे रक्सी खाएर बसेको अवस्थामा भेटेपछि आलीयाकी आमाले उनको जागिरबाट निकालिदिएकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आलीया आफ्ना कथित प्रेमी सिद्धार्थ मलहोत्राको घर गएकी थिइन् । आलीया जब बान्द्रास्थित सिद्धार्थको घर पुगिन्, उनले सुरक्षाकर्मीलाई त्यहीँ वरिपरि रहन भनिन् ।

तर, राती ३ बजे घर फर्किने क्रममा ड्राइभर आइसकेपनि उक्त सुरक्षाकर्मीको उपस्थिती रहेन । केही समय सुरक्षाकर्मी आएपछि घर फर्किन् । आलीयालाई बडिगार्डले रक्सी पिएको थाहा भइसकेको थियो तर गाडीमा उनले केही कुरा गरिनन् ।

घर पुगेपछि आलीयाले उक्त सुरक्षाकर्मीको बारेमा आमालाई बताइन् । अर्को दिन विहान सोनीले उक्त सुरक्षाकर्मीलाई फोन गरेर जागिरबाट निकालिदिइन् । उक्त सुरक्षाकर्मीले पटक पटक बारम्बार रक्सी पिएर आउने गरेको आलीयाले बताएकी छिन् ।

Alia Vatta

विशेष