मनोरञ्जन

ट्रेलरमा हेर्नुहोस् संयम र तक्मेबुढाको ‘रातो घर’

ट्रेलरमा हेर्नुहोस् संयम र तक्मेबुढाको ‘रातो घर’

बैशाख - ६ । चलचित्र ‘सायद’ मा सँगै देखिएका नायक संयम पुरी र विलसन विक्रम राई(तक्मेुढा) फेरि सँगै देखिएका छन् । उनीहरुलाई सँगै ल्याउने फिल्म हो ‘रातो घर’ । ‘झखमले’ को भूमिकामा तक्मेबुढा र ‘स्मग्लिङ डन’ को भूमिकामा संयम देखिदैँ छन् । फिल्म ‘सायद’बाट विलसन र संयम दुबैलाई खुब मन पराइएको थियो । तर, विलसन त्यसभन्दा पहिले पनि ‘मेरी बास्सै’बाट ‘तक्मेबुढा’ को नामले परिचित भइसकेका थिए । फिल्म ‘रातो घर’ बाट विलसन निर्माताको रुपमा भित्रिदैँ छन् । फिल्मलाई सायदकै निर्देशक सुरज सुब्बाले निर्देशन गरेका हुन् । उक्त फिल्ममा संयम र तक्मेलगायत गौरव पहारी, मेनुका प्रधान, अनुराग कुँवर, माला लिम्बु, विकेश श्रेष्ठ, भानुप्रताप आदिको अभिनय रहेको छ । फिल्म जेठ १९ गते रिलिज हुने बताइएको छ ।

Rato Ghar

विशेष