खेल

डिपिएलः धनगढी टिम चौरहा क्वालिफायरमा प्रवेश, काठमाडौं ६ विकेटले पराजित

डिपिएलः धनगढी टिम चौरहा क्वालिफायरमा प्रवेश, काठमाडौं ६ विकेटले पराजित
वैशाख–६ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा धनगढी टिम चौरहा क्वालिफायरमा प्रवेश गरेको छ । धनगढीले काठमाडौं गोल्डेन्सलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो । बिहीबार धनगढीले दोस्रो क्वालिफायरमा रुपन्देही च्यालेन्जर्ससँग खेल्नेछ । काठमाडौंले दिएको १ सय २४ रनको लक्ष्य धनगढीले ४ विकेट जाँदा १० बल बाँकी छँदै भेट्टाएको हो । धनगढीका लागि अनिल मण्डलले सर्वाधिक ४४ रन बनाए । त्यस्तै पृथु बास्कोटाले २२ रन, आरिफ शेखले अविजित २२ रन र पारस खड्काल १२ रन बनाए । काठमाडौंको लागि सन्तोष भट्टले दुई तथा मञ्जित श्रेष्ठले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । काठमाडौंका लागि रोहित कुमारले अविजित ३१ रन बनाए भने नरेश बुढाएरले २९ रन र सुमित महर्जनले ३१ रन । धनगढीको लागि ललित राजवंशी र अमर रौतेलाले दुई दुई साथै रामनरेश गिरी र सौरभ खनालले एक एक विकेट लिएका थिए । यसअघि बुधबार भएको पहिलो खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

क्रिकेट क्वालिफायर धनगढी टिम चौरहा धनगढी प्रिमियर लिग (डिपिएल)

विशेष