मनोरञ्जन

राजेन्द्र खड्गीको खुलासा, ‘रेप सिनले झण्डै घर बिग्रियो’

राजेन्द्र खड्गीको खुलासा, ‘रेप सिनले झण्डै घर बिग्रियो’

 

चर्चित द्वन्द्व निर्देशक तथा खलपात्र राजेन्द्र खड्गीले रेप सिन (बलात्कारको दृश्य)ले झण्डै घर बिग्रियोको खुलासा गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रको कुनै समयका चर्चित खलपात्र खड्गी बाबु, राजा, दादा भनेर पनि चिनिन्छ । कुनैबेला ‘हातले मुक्का हानेर राँगो ढाल्छ राजेन्द्र खड्गीले’ भन्ने गरिन्थ्यो । फिल्ममा खलपात्रको अभिनयका क्रममा उनले धेरै पटक बलात्कारको दृश्य दिएका छन् ।

उनको बलात्कारको दृश्यले गर्दा उनी श्रीमती टेन्सन (तनाव)मा आएर खाना खानै नखाएको एक अन्तरवार्ताका क्रममा बताए । अन्तवार्तामा राजेन्द्रकी श्रीमती रबीनाले भनिन्, ‘बलात्कारको सिन गरेको भन्ने थाहा पाएँ भने म दिनभरी खाना नखाई रोएर बस्ने गर्थेँ ।’

घर बिग्रिने अवस्थामा पुगेपछि नायिका बिपना थापाले राजेन्द्रकी श्रीमती रबीनालाई सम्झाएकी थिइन् । त्यसपछि त नायिकाहरु पनि दिदीबहिनीजस्तो लाग्न थालेको रबीना बताउँछिन् ।

Rajendra Khadgi

विशेष