पत्रकार महासंघ जाजरकोटकाे अध्यक्षमा सिंह निर्विरोध
बैशाख ६ । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको अध्यक्षमा पत्रकार भीमबहादुर सिंह निर्विरोध निर्वाचित भएका छन् । पाँचौ जिल्ला जिल्ला अधिवेशनबाट निर्विरोध रुपमा सिंह अध्यक्षमा चयन भएका हुन । उनी प्रेस युनियनसम्बद्ध पत्रकार हुन् । सिंहको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन भएका छ । यसैगरी समितिको उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, महिला उपाध्यक्षमा लिला पौडेल, सचिवमा हेमन्त केसी, सह सचिव समावेशीमा रामचन्द्र घर्ती मगर, सह सचिव खुल्लामा युद्धजित शर्मा, कोषाध्यक्षमा दीपबहादुर घर्ती र खुल्ला सदस्यमा तिर्थराज बोहरा, सरोज वली, बासुदेव शर्मा, चन्द्र प्रकाश खत्री, महिला सदस्यमा सुरिता बस्नेत, जनजाती सदस्यमा नरेश राना मगर, दलित सदस्यमा करिष्मा परियार, अपांग सदस्यमा सुरेन्द्र बहादुर सिंह निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै केन्द्रिय सभासदमा युनियनका राजेन्द्र कार्की, हरिहरसिह राठौर र समिक्षा सिह, प्रेस सेन्टरका सहदेव बस्नेत, दिपेन्द्र शर्मा र देवका लामिछाने, प्रेस चौतारीका वीरबहादुर गिरी र राजु शाक्य तथा क्रान्तिकारी पत्रकार संगठनबाट तप्तबहादुर मल्ल (भौतिक) र्निविरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य प्रकास शाहीले जानकारी दिए । त्यस्तै प्रदेश पार्षदमा जनक केसी, राजबहादुर सिह, बालकुमार शर्मा, शान्तबहादुर रावत, गणेश बानिया, नारद शर्मा, भरत शर्मा, सरस्वती गिरी, बसन्त शर्मा, निर्मला थापा, केवी मल्ल लगायतका रहेका छन् । जिल्लामा क्रियाशिल चार संगठनले भागबण्डाको आधारमा सर्वसहमतिबाट नेतृत्व चयन गरेका हुन् । जिल्ला शाखाका गत फागुन १२ गते स्थगित अधिवेशन बुधवार सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ