मनोरञ्जन

किन लाग्यो बिशाललाई मर्ने रहर ? (भिडियोसहित)

किन लाग्यो बिशाललाई मर्ने रहर ? (भिडियोसहित)

काठमाडौं - ६ । घटनाहरु थरी थरीका छन् । धान खाने मुसो चोट पाउँने भ्यागुतो भन्ने नेपाली उखानको चरितार्थ देख्न पाईन्छ कहिलेकाहीँ । यस्तै घटनामा फसेका छन् बिशाल खरेल । उनकी प्रेमिका आरुसीको हत्या भएपछि उनलाई आपत आई परेको छ । बिशाल जेलको छिंडीमा बर्बराएका छन् । तर, उनको यस्तो बर्बराई साँच्चीकै नभई भर्खरै सार्वजनिक भएको भिडियोको कथामा हो । एचके धितालको शब्दमा अहिलेका जल्दा बल्दा गायक तथा संगीतकार ताराबीर पाण्डेको स्वर तथा संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा बिशाल खरेल, आरुसी मगर र तुलसी बाँस्कोटाले अभिनय गरेका छन् । ह्यारी महर्जनको छायाँकनमा राजिव शाहको निर्देशन रहेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् ।

विशेष