चट्याङ लागेर बालकको मृत्यु

वैशाख–६ । मकवानपुरको मनहरि गाउँपालिका–४ हाँडीखोलमामा आज अपराह्न चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नौ वर्षीय बालक अशोक प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घरमै बसिररहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो । चट्याङ लागेर उनका बाबु रामकुमार प्रजा सामान्य घाइते भएकाले उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चट्याङ
बालक
मृत्यु