समाज

१६ वटा मन्त्रालयमात्र राख्ने गरी कार्यदलले बुझायो सिफारिससहितको प्रतिवेदन

१६ वटा मन्त्रालयमात्र राख्ने गरी कार्यदलले बुझायो सिफारिससहितको प्रतिवेदन

वैशाख ७ । संघीय संरचनामा हाल कायम मन्त्रालय संख्या आधा घटाई १६ मात्रै बनाउन सिफारिस गरिएको छ ।

संघीय संरचनाका मन्त्रालय, विभाग र केन्द्रीय निकायको यकिनका लागि डेढ महिनाअघि गठित कार्यदलले उक्त सिफारिससहितको प्रतिवेदन बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई बुझाएको हो ।

आर्थिक जनशक्तिको अतिरिक्त बोझ कम गरी मन्त्रालयको कामलाई चुस्त बनाउन भन्दै कार्यदलले अनावश्यक संख्या घटाउन भनेको हो ।

सिफारिसमा अहिले भएका ३१ मन्त्रालय संख्याबाट १५ घटाउन भनिएको छ । राष्ट्रिय योजना आयोगको काम मन्त्रालयले नै गर्ने गरी अर्थमा जोडिएको छ । त्यसको नाम अर्थ तथा योजना मन्त्रालय राखिएको छ ।

कान्तिपुर

Mantralaya

विशेष