समाज

अनुशासन उल्लंघन गरेको भन्दै डिआईजी शिलवालसँग स्पष्टीकरण

अनुशासन उल्लंघन गरेको भन्दै डिआईजी शिलवालसँग स्पष्टीकरण
वैशाख ७ । प्रहरी प्रधान कार्यालयले संगठनको अनुशासन उल्लंघन गरेको भन्दै डीआइजी नवराज सिलवालसँग स्पष्टीकरण माग गरेको छ । महानिरीक्षक प्रकाश अर्यालको निर्देशनमा सिलवालसँग स्पष्टीकरण मागिएको जानकारी प्रहरीको उच्च अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार महानिरीक्षक अर्यालले पद सम्हालेको भोलिपल्ट चैत २९ मा बोलाएको प्रहरी समन्वय समिति (पीसीसी)को बैठकमा सहभागी नभएर सिलवालले प्रहरीको नियम र चेन अफ कमान्ड उल्लंघन गरेकोमा स्पष्टीकरण सोधिएको हो । ‘संगठनको अनुशासन र प्रहरी नियम उल्लंघन गरेकामा तपाईँमाथि कारबाही किन हुनु नपर्ने हो लिखित स्पष्टिकरण पेश गर्न’ भन्दै प्रहरी प्रधान कार्यालयले सिलवाललाई लेखेको पत्रमा उल्लेख छ । कान्तिपुर

Nabaraj Silwal

विशेष