प्रवास

भारतीय कारागारमा ‘निर्दोष’ नेपाली

भारतीय कारागारमा ‘निर्दोष’ नेपाली

वैशाख ७ । गत साउनदेखि पतिको रिहाइका लागि जिल्लादेखि केन्द्रसम्म धाउँदा समेत कतैबाट पहल नभएको गुनासो गरिन् ।

उनी यसअघि पनि राष्ट्रिय मानव अधिकार आयोगसमक्ष पुगिन् । ‘जिल्ला प्रशासनदेखि प्रधानमन्त्री कार्यालयसम्म धायौं,’ उनले भनिन्, ‘तर आफन्त छुटाउन कतैबाट पहल भएन ।’ कारागारमा रहेकाहरूसँग भेट्न र कुरा गर्न समेत दिइएको छैन । हिमाचलको समथंग हाइड्रोपावर कम्पनीमा कार्यरत कामदारहरूले सरकारले निर्धारण गरेको सेवा सुविधा दिनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएकामध्ये भारतिय कामदारलाई जमानतमा रिहा गरे पनि नेपाली भने हालसम्म कारागारमै छन् । आन्दोलन क्रममा प्रहरी र कामदारबीच झडपसमेत भएको थियो । आन्दोलनको २र३ दिनपछि नेपाली बस्ने कोलोनीमा पुगेका प्रहरीले सबैलाई धमाधम पक्राउ गरी लगेको आफन्तले बताए । उनीहरूसँगै केही भारतीय कामदार पनि पक्राउ परेका थिए । ‘४८ जनामध्ये ४ जनालाई जमानतमा छाडेको भन्ने सुनिएको छ, तर १ जना मात्रै सम्पर्कमा आएका छन्,’ धनाले भनिन्, ‘जमानत बस्ने समेत कोही नभेटिएर पनि समस्या भएको छ ।’

९ जना कञ्चनपुरका, १० बैतडीका, ४ कैलाली र अन्य जाजरकोट, प्यूठान, सुर्खेत, कालीकोट, सल्यान र नुवाकोट लगायतका जिल्लाका कामदार जेलमा छन् । ‘पक्राउ परेकाहरूलाई ज्यान मार्ने उद्योग ९अटेम्ट मर्डर० मा झूटो मुद्दा लगाएर फसाइएको छ,’ ज्ञापनपत्र बुझाउँदै पीडित नरबहादुर साउदले भने, ‘सोझा र निर्दोष कामदारलाई जानाजान फसाउन खोजियो ।’ यसबारे रामपुर उच्च अदालतमा मुद्दा चलिरहेको छ । राजनीतिक पूर्वाग्रहका आधारमा समेत नेपाली कामदारमाथि झुटो मुद्दा लगाइएको उनले बताए ।

ज्ञापनपत्र बुझ्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष शर्माले घटनाबारे बुझेर आवश्यक पहल गर्ने आश्वासन दिए । ‘घटना कस्तो प्रकृतिको हो, यसबारेमा बुझेर आवश्यक पहल गरिनेछ,’ उनले भने, ‘अदालतमा कस्तो प्रकतिको मुद्दा चलिरहेको छ । झुटो मुद्दा लगाइएको भए माथिल्लो अदालतमा जान सकिन्छ । नभए अदालतको फैसला पर्खिनुपर्छ ।’

कान्तिपुर

Nepali

विशेष