मनोरञ्जन

प्रियंका र आयुष्मानको प्रेमसम्बन्धबारे दयाह्याङको यस्तो प्रतिक्रिया

प्रियंका र आयुष्मानको प्रेमसम्बन्धबारे दयाह्याङको यस्तो प्रतिक्रिया

वैशाख – ७ । यतिबेला नेपाली मिडियामा अत्याधिक छाएको प्रसंग हो नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको प्रेमको चर्चा । नायिक कार्की र जोशीको प्रेमसम्बन्धका बारेमा अभिनेता दयाह्याङ राईले मिडियामा प्रतिक्रिया दिएका छन् । उनले एक अन्तर्वार्ताका क्रममा दुबैजना एकअर्काका लागि प्रफेक्ट भएको बताए । उनीहरुको सम्बन्धले निरन्तरता पाए राम्रो हुने पनि उनले सुझाव दिए । प्रियंका र आयुष्मानको जोडी देख्दा आफूलाई एकदमै खुसी लाग्ने उनको भनाइ छ । प्रेम, विवाह र डिभोर्सको बारेमा सधैँ खुलेर बोल्दै आएकी प्रियंकाले यसबारेमा भने खुलेर बोलेकी छैनन् । तर, केही दिनअघि भने देशकै प्रतिक्षित पत्रिका साप्ताहिकमा उनले प्रेम स्वीकारेकी थिइन् । ३० वर्षीया प्रियंकाले पहिल्यै रोचक मैनालीसँग विवाह गरेर डिभोर्स गरेकी हुन् ।

विशेष