देश

गाैरमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप, तीन प्रक्राउ

गाैरमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप, तीन प्रक्राउ
वैशाख – ७ । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच रौतहटको गौरमा झडप भएको छ । गौरस्थित नगरपालिका कार्यालय अगाडि झडप भएको हो । झडपका क्रममा तीन जना मोर्चाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विहीबार गौरमा मोर्चाले निकालेको लाठीसहितको सिठी जुलुस अनियन्त्रीत भएपछि प्रहरीले हस्तक्षप गरेको हो । मोर्चाका कार्यकर्ताले नगरपालिका अगाडि ढंगामुढा गर्न थालेपछि प्रहरीले हस्तक्षप गरेको हो । मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिन तीन सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । सरकारले वैशाख ३१ गते गर्न लागेको स्थानीय तहको निर्वानको विरोध गर्दै आएको छ । विरोधका कार्यक्रम अन्तर्गत विहीबार दिउँसो मोर्चाका कार्यकर्ताले गौरमा लाठीसहित सिठी जुलुस निकालेका हुन् ।

jhadap

विशेष