मनोरञ्जन

नयाँ सो लिएर आउँदै सुनिल

नयाँ सो लिएर आउँदै सुनिल

बैशाख – ७ । बहुचर्चित कपिल शर्मा र सुनिल ग्रोभर प्रकरणमा फेरि चर्चा सुरु भएको छ । कपिलसँगको सहकार्यमा कमेडी सो गर्दै आएका सुनिले कपिलसँग झगडापछि अर्कै सो प्रशारण गर्ने घोषणा गरेसँगै भारतीय सञ्चारमाध्यममा चर्चा सुरु भएको हो । केही समयअघि अष्ट्रेलिया टुरबाट फर्किदाँ कपिलले सुनिललाई हातपात गरेपछि सुनिललगायत सोका अन्य सदस्यले द कपिल शर्मा सो छोडेका थिए । त्यसपछि धेरै बलिउड कलाकारहरुले कपिल र सुनिलाई सँगै मिलेर सो सञचालन गर्न सल्लाह पनि दिए । तर, सुनिलले आफूलाई उक्त घटनाले निकै नै दुखी तुल्याएको बताउँदै आएका छन् । सुनिलले कपिल शर्मा सोलाई टक्कर दिने नयाँ सो लिएर आउँदै गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सुनिलको सो पनि सोनी टेलिभिजनबाटै प्रशारण हुने बताइएको छ । उनको नयाँ सोमा नानी पात्रबाट चिनिएका अलि असगर पनि हुने छन् । सुनिल कपिल शर्मा सोमा डाक्टर मशूहुर गुलाटी र रिंकु भावीको भूमिका निभाएका थिए । यसका साथै उनीहरु सोनीबाट प्रशारणरत ‘सबसे बडा कलाकार’ नामक सो मा अर्कोहप्ता होस्टको रुपमा देखिनेछन् ।

Sunil Grover

विशेष