प्रवास

मलेसियाबाट १८ नेपालीको उद्धार

मलेसियाबाट १८ नेपालीको उद्धार

वैशाख ८ । मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई बुधबार नेपाल फर्काएको छ।

त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो। नेपाल सरकारको बजेटमा हवाई टिकटसमेत खरिद गरी उनीहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार, मलेसियाली नागरिक हत्याको आरोपमा मृत्युदण्डको सजाय खेपिरहेका नेपाली लालबहादुर तामाङलाई कानुनी परामर्शदाताबाट बहस गराई निर्दोष सावित गरी स्वदेश फर्काएको छ। सन् २०१५ देखि मलेसियामा सेक्युरिटी गार्डमा काम गर्दै आएका सिन्धुपाल्चोकका तामाङलाई पनि नेपाल फर्काइएको छ।

यसअघि गत चैत २४ गते सोही दूतावासले नुवाकोटका बिफ लामा तथा सिन्धुलीका लीला भोलन तथा भोजपुरका जयकुमार खवासलाई गत चैत ३० गते उद्धार गरी स्वदेश फर्काएको उल्लेख गरिएको छ।

गत चैत १६ मा झापाका पदमबहादुर तामाङ, धनकुटाका धीरेन्द्र याक्खा तथा तनहुँका कमलबहादुर भुजेललाई पनि दूतावासले सहयोग गरी नेपाल फर्काएको विज्ञप्तिमा भनिएको छ।

विशेष