खेल

मुम्बई, आइपीएलको शीर्षमा

मुम्बई, आइपीएलको शीर्षमा
वैशाख ८ । मुम्बई इन्डियन्स भारतमा जारी दशौं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ । हिजो राती भएको खेलमा किंग्स इलेभेन पञ्जाबलाई ८ विकेटले पराजित गर्दै मुम्बई शिर्ष स्थानमा पुगेको हो । इन्डोरामा पञ्जावले दिएको १९९ रनको लक्ष्य मुम्बईले १५ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । मुम्बईका जितमा जस बटलरले ३७ बलमा ७७ तथा नितिश रानाले ३४ बलमा अविजित ६२ रन बनाए । त्यस्तै मुम्बईका पार्थिव पटेलले ३७ रनको योगदान दिए । पञ्जावका मोहित शर्मा र मार्कस स्टोइनिसले एक एक विकेट लिए । यसअघि टस हारेपछि पहिले व्याटिङ गरेको पञ्जावले हसिम अमलाको शतकीय पारीमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनाएको थियो । पञ्जावका लागि ओपनर अमलाले ६० बलमा अविजित १०४ रन बनाए । यस्तै ग्लेन म्याक्सवेलले १८ बलमा ४० रन बनाउदा सौन मार्सले २१ बलमा २६ रन जोडे । मुम्बईका मिचेल म्याक्लेनेगनले दुई विकेट लिए ।

Ipl

विशेष