प्रवास

ओमानबाट एक चेलीको विलाप, मलाई मार्न आँटे उद्धार गर्दिनुस्

ओमानबाट एक चेलीको विलाप, मलाई मार्न आँटे उद्धार गर्दिनुस्

वैशाख ८ । सिन्धुपाल्चोक जुगल गाँउपालिकाको हिमाली गाँउ गोल्चे ५ की एक चेलीले ओमानको यातनाघरबाट उद्धारका लागि गुहार लगाएकी छन् ।

[caption id="attachment_34362" align="alignnone" width="759"] प्रतिकारात्मक तस्विर[/caption]

ओमानको नम्बरबाट फोन गरी २४ वर्षिया साङ्मो लामाले परिवारलाई आफुनो ज्यान खतरामा परेको भन्दै तत्काल उद्धारका लागि विलाप गरेकी हुन । उनलाई दलालले दुबई लाने भन्दै ओमान पुर्याएका थिए ।

गत कात्तिक १५ मा वैदेशीक रोजगारीको सिलसिलामा साङ्वो दुवईमा घरायसी कामका लागि गएकी थिइन । मेलम्ची नगरपालिका घर बताउने एक दलालले उनलाई दुबईको सट्टामा सिधै ओमान पुर्याएर छाडिदिएका थिए ।

एक महिना अघिदेखी घरको सफाइको काम गरिरहेकी उनलाई नेपाल विmर्ता जान्छु भन्दा जान दिइएन । तीन महिनासम्म थुनेर यातना दिइएको उनका दाजु सुब्बा लामाले बताए । अहिले उनी ओमानको एक घरमा बन्दीजस्तै अवस्थामा यातना भोगिरहेकी छन् ।

कान्तिपुर

विशेष