मुख्य समाचार

संखुवासभामा बरुण नदीले अरुण नदी रोकिदियो, ३ किमीको बाँध नै बन्यो

संखुवासभामा बरुण नदीले अरुण नदी रोकिदियो, ३ किमीको बाँध नै बन्यो

वैशाख–८ । बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले संखुवासभामा अरुण नदीको बहाव रोकिदिएको छ । जिल्लाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ । अरुण नदी थुनिएपछि ३ किलोमिटर बाध बनेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेको छ । त्यस क्षेत्रका ८० परिवार जोखिममा रहेका छन् । उद्धारका लागि उद्धारका लागि हेदांनाबाट प्रहरी नायब निरीक्षक सईको नेतृत्वमा २२ र हटियागोलाका १३ जना प्रहरी घटनास्थल पुगिसकेको छ । अहिले जिल्ला दैविप्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । घटनास्थल सदरमुकाम खादबारीबाट २ दिनको पैदलमा पर्छ ।

त्यस क्षेत्रमा नेपाली सेना पनि खटाइसकिएकोछ । केही बेर पछि सेनाको हेलिकप्टरबाट घटनास्थलको निरीक्षण गर्ने र थप सुरक्षाकर्मी उद्धारका लागि सदरमुकाम खाँदबारीबाट लैजाने तयारी भएकोछ । अरुण नदी छेउछाउका बस्तीका सर्वसाधारणलाई सजक भएर बस्न प्रशासनले आग्रह समेत गरेको छ ।

विशेष