स्वास्थ्य

होसियार ! तपाईको बच्चालाई पनि लाग्ला ‘माछाकत्ले’ रोग

होसियार ! तपाईको बच्चालाई पनि लाग्ला  ‘माछाकत्ले’ रोग

वैशाख ८ । भारतको नयाँ दिल्लीमा भर्खरै दुई वर्ष पुगेकी एक बालिकालाई छालासम्बन्धीको रोगले कुरुप बनाइदिएको छ ।

शरीरको छाला सबै छेपारोकोजस्तै बाक्लो र पत्र–पत्र छुट्टिएपछि मानिसहरुले उनलाई ‘छेपारो केटी’ समेत भन्न थालेका छन् । मेडिकल भाषामा ‘लमेल्लर इच्थ्योसिस्’ भनिने छालासम्बन्धी यस्तोे रोग ६ लाख बालबालिकामा एकजनालाई हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।

यस्तो रोगलाई सामान्य भाषामा छाला कडा र पत्र–पत्र भइ छेपारोकोजस्तो छाला वा ‘माछाकत्ले’ रोग पनि भनिन्छ । सामाको पूरै शरीरको छाला सुक्खा हुने, पत्र–पत्र गरेर उप्किने र कडा हुने, अत्यन्तै पीडा हुने र शरीरको अरु भागहरुमा संक्रमणसमेत हुनसक्ने भएकोले दिल्लीका चिकित्सकहरुले त्यसलाई ‘असामान्य रोग’ भनेका छन् ।

बाबु–आमा तथा आफ्ना पूर्वजमा भएको असामान्य जेनेटिक समस्याका कारण जन्मने शिशुमा हुने जेनेटिक विकृतिका कारण यस्तो समस्या देखिने चिकित्सकहरुले बताएका छन् ।

ब्रिटिस स्किन फाउन्डेसनका प्रवक्ता तथा छालारोग विशेषज्ञ डा.अञ्जली महतोले यस्तो समस्यामा निरन्तर मोस्चराइजर क्रिम लगाएर विशेष उपचार तथा स्याहार गर्नुपर्ने बताएकी छन् । उनकाअनुसार यो जेनेटिक रोग भएकाले उपचारभन्दा पनि छालाको स्याहार गर्नुपर्दछ । यसको उपचार यहि नै हुन्छ भन्ने छैन ।

डा. महतोले भनिन्–‘लमेल्लर इच्थ्योसिस्’ एकप्रकारको दुर्लभ बाबु–आमा तथा पूर्वजको जीनबाट जन्मने बच्चामा देखापर्ने जेनेटिक रोग हो, जसले छालालाई हानि गर्दछ ।’

विशेष