मनोरञ्जन

करिश्माका पूर्वपतिले न्यूयोर्कमा गरे विवाह

करिश्माका पूर्वपतिले न्यूयोर्कमा गरे विवाह

बैशाख ८ । यतिबेला विवाह र डिभोर्स सामान्यजस्तै भइसकेको छ । साधारण मानिसको जीवनमा पनि धेरै यस्ता घटना घट्ने गर्छन् तर, सेलिब्रेटिको जीवनको डिभोर्स र विवाहले भने चर्चा पाउँछन् ।

यतिबेला बलिउड अभिनेत्री करिश्मा कपूरका पूर्वपतिले तेस्रोे विवाह गरेका समाचारले भारतीय सञ्चारमाध्यममा सनसनी मच्चिएको छ ।

करिश्माका पूर्वपति सञ्जय कपूरले १३ अप्रिलका दिन लामो समयदेखिकी प्रेमीका प्रिया सचदेवसँग कोर्ट म्यारीज गरेका हुन् । सञ्जय र प्रियाको पहिलो भेट पनि न्यूयोर्कमै भएको थियो । यी दुबैजना पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए ।

प्रियाको पनि सञ्जय दोस्रो पति हुन् । ४१ वर्षीया मोडल प्रियाको सन् २००६ मा नै विक्रम चटवालसँग विवाह भएको थियो । तर, सन् २०११ मा आएर उनीहरुको विछोड भयो । सञ्जय कपूरकी पहिलो श्रीमती डिजाइनर नन्दिता महतानी थिइन् । उनले करिश्मासँग दोस्रो विवाह गरेका थिए । प्रियासँग उनले तेस्रो विवाह गरेका हुन् ।

विशेष