यसकारण सलमानले लगाए जुत्ताको माला

बैशाख ८ । हरेक वर्षमा एउटा फिल्म आउने भएपछि सलमानको फिल्म बहुप्रतिक्षित बन्न थालेको छ । उनको आउँदो फिल्म ‘ट्युबलाइट’ को नयाँ पोस्टर सार्वजनिक भएको छ ।
हरेक फिल्ममा नयाँ नयाँ अवतारमा देखिने र केही नयाँ स्टाइलमा देखिने सलमान फिल्म ‘ट्युबलाइट’ मा पनि नयाँ स्टाइलमा प्रस्तुत भएका छन् । फिल्मको पोस्टरमा उनले जुत्ताको माला लगाएका छन् । स्यालुट गरिएको शैलीमा उनले जुत्ताको माला पनि भिरेका छन् ।
इन्दो—सिनो युद्धको कथामा आधारित रहेको उक्त फिल्मलाई कबिर खानले निर्देशन गरेका हुन् ।
फिल्ममा चाइनिज अभिनेत्री जुहुजुहुले सलमानसँग जोडी बाँधेकी छिन् । फिल्मको अधिकांश सुटिङ लडख र मनालीमा गरिएको छ । फिल्म २३ जुनमा रिलिज हुने बताइएको छ ।
‘ट्युबलाइट’ पछि सलमानको अर्को फिल्म ‘टाइगर जिन्दा है’ पनि डिसेम्बरमा रिलिज हुने बताइएको छ ।
salman khan
