मनोरञ्जन

युटुबमा एक करोड भन्दा बढी पटक हेरियो ‘सुन साइली’

युटुबमा एक करोड भन्दा बढी पटक हेरियो ‘सुन साइली’
बैशाख ९ । चर्चित गायक हेमन्त रानाको ‘सुन साइली’ बोलको गीत युटुबमा एक करोड भन्दा बढी पटक हेरिएको छ । यतिबेला निकै चर्चित बनेको उक्त गीतमा कालीप्रसाद बास्कोटाले शब्द संगीत भरेका हुन् । गीतको म्युजिक भिडियोमा अभिनेत्री मेनुका प्रधान र गौरभ पहारीको मार्मिक अभिनय रहेको छ । भिडियोको निर्देशन हेमन्त आफैँले गरेका हुन् । वैदेशिक रोजगारीको परिवेशलाई आधार बनाएर तयार गरिएको उक्त भिडियोलाई एक करोड भन्दा बढि पटक हेरिएको हो । उक्त गीतलाई लिएर काली प्रसाद बास्कोटाले अवार्ड पनि हात पारे । यसअघि पनि कालीका ‘निर जैले रिसाउनी’ , ‘ठमेल बजार’, ‘लैजा’ बोलका गीत अत्याधिक चर्चामा रहे ।

विशेष