म्यानचेस्टर युनाइटेड पहिलो पटक युराेपा लिगको सेमिफाइनलमा


वैशाख–८ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलो पटक युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा एन्डरलेच्टलाई २–१ ले पराजित गर्दै युनाइटेड पहिलो पटक युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेग १–१ गोलको बराबरी खेलेको युनाइटेडले बिहीबार अतिथि टोलीलाई पराजित गरेपछि समग्रमा ३–२ को नतिजा निकाल्दै अन्तिम ४ मा प्रवेश पाएको हो । युनाइटेडको लागि १० मिनेटमै हेनरिख मखिटार्यनले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । तर, ३२ औं मिनेटमा सोफियान हानीले गोल फर्काउदै निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएको थियो । निर्धारित समयमा पहिलो र दोस्रो लेगको नतिजा २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । मार्कुस रासफोर्डले अतिरिक्त समयको १ सय ७ मिनेटमा निर्णायक गोल गरेपछि युनाइटेड सेमिफाइनल प्रवेश गर्न सफल रह्यो । निर्धा्रित समयको अन्तिम मिनेटमा युनाइटेडका स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिक घुँडाको चोट बोकेर बाहिरिन बाध्य भए । अर्जेन्टिनी डिफेन्डर मार्कोस रोजा पनि घाइते बन्न पुगेका थिए । म्यानचेस्टर युनाइटेड सेमिफाइनल