समाज

पत्रकार महासङ्घ मुस्ताङमा थकाली सर्वसम्मत अध्यक्षमा चुनिए

पत्रकार महासङ्घ मुस्ताङमा थकाली सर्वसम्मत अध्यक्षमा चुनिए
वैशाख–८ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली सर्वसम्मत अध्यक्षमा चुनिएका छन् । शुक्रबार सम्पन्न प्रथम अधिवेशनले थकालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म्तले चयन गरेको हो । कार्यसमितिको महिला उपाध्यक्षमा सम्झना थकाली, उपाध्यक्षमा तृष्णा गौचन, सचिवमा दुर्गादेवी रसाइली, कोषाध्यक्षमा निरज थकाली, सहसचिवमा विकास विक र समावेशी सहसचिवमा फुलकुमारी नेपाली रहेका छन् । सदस्यहरुमा रमेश बिक, केशब बिक, हिक्मत नेपाली र कृष्णमोहन नेपाली चयन भएका छन् । अधिवेशनले प्रदेश सभासदमा चन्द्रेश्वर बस्ताकोटी, टिकाराम शर्मा, सिवानी सिंह बिक, शर्मिला गुरुङ, पेमा छेतेन बिक र रिङजीङ नाम्गेल गुरुङ चयन गरेको छ भने केन्द्रीय पार्षद्मा भीम बहादुर रसाईली, तिलक बिक,आईतलाल थकाली र सुनदेवी रसाईलीलाई रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतमले संगठन बलियो भएमात्र पत्रकारिता बलियो हुने भन्दै जुझारु, कर्मठ र क्षमतावान पत्रकारलाई अघि बढ्न संगठनले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । रासस  

नेपाल पत्रकार महासङ्घ मुस्ताङ

विशेष