मनोरञ्जन

कर्नाटकमा बाहुबली २ को विरोध, कटाप्पालार्इ ९ वर्ष पुरानाे विवादले माफी माग्न बाध्य बनायाे

कर्नाटकमा बाहुबली २ को विरोध, कटाप्पालार्इ ९ वर्ष पुरानाे विवादले माफी माग्न बाध्य बनायाे
बैशाख - ८ । बहुचर्चित फिल्म ‘बाहुबली’ का तमिल अभिनेता सत्यराज(कटप्पा)लाई कन्नडाका स्थानीयले माफी माग्न बाध्य बनाएका छन् । ९ वर्ष पुरानो कावेरी विवादको घटनालाई लिएर भारतको कर्नाटक राज्यको कन्नडाका स्थानीयले कटप्पालाई माफी माग्न बाध्य बनाएका हुन् । कटाप्पाले कावेरी विवादमा कन्नडका स्थानीयहरुको विरोधमा विवादित प्रतिक्रिया दिएका थिए । माफी नमागे ‘बाहुली २’ कन्न्डमा प्रदर्शन हुन नदिने भनेपछि कटाप्पा माफी माग्न बाध्य भएका हुन् । सामाजिक सञ्जालमा उक्त बयान भाइरल बनाएर कटाप्पालाई कन्नडका सर्वसाधरणलले माफी माग्न दबाब दिएका थिए । कटाप्पाले कन्नडका सर्वसाधारणलाई आफ्नो गल्तीको सजाय फिल्म बाहुबलीको टिमलाई नदिन आग्रह गर्दै माफी मागेको भारतीय सञ्चार माध्यमले बताएका छन् । फिल्मका निर्देशक राजमौलीले व्यक्तिगत रुपमा ९ वर्षअघि भएको गल्तीको सजाय पूरै टिमलाई दिन नमिल्ने बताएका छन् । जे कारणले कन्नडका मानिसको चित्त दुख्यो त्यसमा फिल्मको केही नाता नभएको उनको भनाई छ । कन्नडमा फिल्म रिलिज हुन नदिने विषयबारे बोल्दै राजमौलीले भने, ‘सत्यराज न त फिल्मका निर्देशक हुन् न त निर्माता । त्यसकारण फिल्म रिलिजलाई रोकियो भने सत्यराजलाई केही असर पर्ने छैन । उनको बयानको कारण फिल्ममा असर पार्नु ठीक होइन । त्यतिबेलादेखि अहिलेसम्म सत्यराजका धेरै फिल्म रिलिज भइसकेका छन् ।’ यसबारेमा कन्नड संगठनका चिफले आफूहरु राजमौलीको विरोधमा नभएको तर जहिलेसम्म सत्यराजले माफी नमागेसम्म विरोध जारी बताएका थिए ।

bahubali 2

विशेष