देश

अरुण नदी थुनिदा स्थानीय त्रसित, १० घरपरिवारलाई सुरक्षित स्थानमा सारियाे

अरुण नदी थुनिदा स्थानीय त्रसित, १० घरपरिवारलाई सुरक्षित स्थानमा सारियाे
वैशाख ८ । संखुवासभाको हटियास्थित स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ । बरुण नदीले बगाएर ल्याएको ढुंगा–गिटी, बालुवा हटियास्थित स्यालिक्सला गोलमा जम्मा भएपछि अरुण नदी थुनिएको हो । सो ठाउँमा १५ मिटर गहिरो बाँध बनेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । अरुण नदीमा बाँध बनेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । अरुण नदीको बाँधका कारण स्याकसिला–४ का तीन घरमा क्षति पुगेको छ । त्यस्तै सातओटा घर उच्च जोखिममा रहेको जनाइएको छ । बाँध फुटने खतराले नदी किनारका १० घर–परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । शुक्रबारै स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्कालगायतका उच्च अधिकारी सो क्षेत्रको स्थलगत अवलोकन गरेका थिए ।

विशेष