मनोरञ्जन

बाबु बन्दै कुनाल खेमु

बाबु बन्दै कुनाल खेमु

बैशाख ९ । बलिउड अभिनेता कुनाल खेमु बाबु बन्ने भएका छन् । कुनै फिल्ममा नभएर उनी असली जिन्दगीमा बाबु बन्न लागेका हुन् । उनी श्रीमती अभिनेत्री सोहा अली खान गर्भवर्ती भएकी छिन् । अभिनेता सैफ अली खानकी बहिनी सोहाले कुनलसँग लामो समयको प्रेम सम्बन्धपछि सन् २०१५ जनावरी २५ मा विवाह गरेकी थिइन् । कुनल र सोहाले एकसाथ ‘गो गोवा गन’, ‘ढुडते रेहे जावोगे’ जस्ता फिल्ममा सँगै काम गरिसकेका छन् । कुनाल यतिबेला रोहित शेट्टि निर्देशत फिल्म ‘गोलमाल एगेन’ को सुटिङमा व्यस्त रहेका छन् । उक्त फिल्ममा अजय देवगन, परिणीती चोपडा, तुसार कपूर र जोनी लिभर आदि कलाकारको पनि भूमिका रहनेछ ।

विशेष