युगान्डामा एक नेपाली कामदारको हत्या

वैशाख – ९ । युगाण्डामा एक नेपाली कामदारको हत्या भएको छ । युगाण्डास्थित एक चिनी मिलमा सुपरभाइजरको रुपमा कार्यरत संखुवासभा साल्मा केउरिनीपानीका सीताराम बुढाथोकी हत्या भएको हो ।
एनआरएन युगाण्डाका अध्यक्ष रमेश कँडेलले बुढाथोकीको मृत्यु भएको पुष्टि गरेका छन् । अध्यक्ष कँडेलका अनुसार उनको उनको चिनी मिलमै कार्यरत स्थानीय कर्मचारीले हत्या गरेका हुन् ।
उनका के कसरी उक्त घटनाको बारेमा थप जानकारीका लागि युगान्डाको चिनी मिल र इजिप्टस्थित नेपाली दूतावासमा सम्पर्क गर्ने प्रयास गरिरहेको बताए ।
Death
