प्रवास

युगान्डामा नेपालीको हत्या, शव नेपाल ल्याईंदै

युगान्डामा नेपालीको हत्या, शव नेपाल ल्याईंदै
बैशाख १० । बैदेसिक रोजगारीका लागि अफ्रिकी मुलुक युगान्डा पुगेका एक नेपालीको हत्या भएको छ । युगान्डाका एक चिनी कारखानामा सुपरभाइजरको रुपमा कार्यरत भोजपुर सलमा नौ केउरेनीपानीका पोष्ट बहादुर बुढाथोकीको हत्या भएको हो । कामदारको आक्रमणबाट पोष्टबहादुरको हत्या भएको गैरआवसीय संघ युगान्डाका अध्यक्ष रमेश कडेले बताए । चोरी आरोपमा पक्राउ एक कामदारले बुढाथोकीमाथि सांघातिक आक्रमण गरेका थिए । बुढाथोकीको शव नेपाल पठाउने आवश्यक व्यवस्थाका लागि इजिप्टस्थित नेपाली दूतावाससँग सम्पर्कमा रहेको कडेलले बताए । नागरिक

विशेष