खेल

चेल्सी एफए कपको फाइनलमा

चेल्सी एफए कपको फाइनलमा

वैशाख १० । चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको सेमिफाइनलमा प्रिमियर लिग लिडर चेल्सीले दोस्रो स्थानमा रहेको टोटनह्यामलाई ४–२ ले हराएर एफए कपको फाइनलमा स्थान पक्का गरेको हो । चेल्सीको जितमा विलियनले दुई तथा इडन हजार्ड र नेमान्जा म्याटिकले गोल गरे । टोटनह्यामका लागि ह्यारी केन र डेल अलीले एक एक गोल गरे ।

चेल्सीले अब उपाधिका लागि आर्सनल र म्यानचेस्टर सिटीबिच हुने सेमिफाइनलको विजेतासँग खेल्ने छ । आर्सनल र म्यानचेस्टर सिटीबिचको सेमिफाइनल खेल आज राति हुनेछ ।

Afa cup

विशेष