समाज

डोटीमा दुर्घटना १९ घाइते एकको अवस्था गम्भिर

डोटीमा दुर्घटना १९ घाइते एकको अवस्था गम्भिर

वैशाख १० । डोटी जिल्लाको पुर्वी चौकि गाँउपालिका वडा नं. ५ मा पर्ने सानागाँउको साजघाट बजार नजिक बस दुर्घटना भएको छ ।

शनिबार साँझ ८ बजे बाजुराबाट नेपालगञ्ज गइरहेको ३१ यात्रु सावार ना ४ ख ६२९१ नम्वरको बस अर्को बसलाई साइड दिन खोज्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक डिल्लीराज विष्टले नेपाल आजलाई जनाएका छन् ।

घाइते मध्ये १८ जनाको जिल्ला अस्पातलमा उपचार भइरहेको र गम्भिर घाइते विद्या थापालाई थप उपचारका लागि नेपालगंज पठाइएको समेत उनले जानकारी दिए ।

Accident

विशेष