स्वास्थ्य

चौध दिनको अस्पताल बसाईपछि डिस्चार्ज भईन पूर्व अधिराजकुमारी प्रेरणा

चौध दिनको अस्पताल बसाईपछि डिस्चार्ज भईन पूर्व अधिराजकुमारी प्रेरणा

वैशाख १० । पक्षघात भएपछि चैत्र २७ गते अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह आज डिस्चार्ज भएकी छन् ।

१४ दिनको नर्भिक अस्पताल बसाई पछि आज उनलाई डिस्चार्ज गरिएको अस्पतालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । उनी अहिले हिँडडुल गर्न सक्ने भएको पनि जनाएको छ ।

उनको स्वास्थ्य उपचारमा नर्भिकको स्नायू रोग विशेषज्ञ डा. पंकज जलान तथा प्रेरणाका पारिवारिक चिकित्सक डा. किशोर राणा संलग्न थिए

Prerana Shah

विशेष