समाज

करेण्ट लागेर वालिकाको निधन

करेण्ट लागेर वालिकाको निधन
वैशाख १० । सप्तरीमा आईतवार विहानै करेण्ट लागेर एक वालिकाको मृत्यु भएको छ । शम्भुनाथ नगरपलिका–८ निवासी सुनिलकुमार दासकी नौ वर्षीया छोरी विभाहकुमारी दासको मृत्यु भएको हो । पानी तान्ने मोटरमा जडान गरिएको नाङ्गो तारवाट करेण्ट लागेर वालिकाको मृत्यु भएको रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । नुहाउने क्रममा रहेकी उनलाई नाङ्गो तारवा करेण्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर शिकिस्त भएकी उनलाई उपचारार्थ राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा वालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

current

विशेष