देश

ग्रामीण किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्न प्रवर्द्धन कार्यक्रम

ग्रामीण किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्न प्रवर्द्धन कार्यक्रम
वैशाख - १० । झापामा ग्रामीण क्षेत्रका किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘हुलाकी राजमार्ग लक्षित एकीकृत दूध उत्पादन प्रवद्र्धन कार्यक्रम’ सञ्चालनमा आएको छ । हुलाकी राजमार्गअन्तर्गत  जिल्लाका राजगढ, शरणामती, पाँचगाछी, महाभारा–बैगुनधुरा र खजुरगाछी–गौरीगन्जका किसानलाई लक्ष्य गरी उक्त कार्यक्रम सञ्चालन ल्याइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । कार्यक्रमअन्तर्गत सो क्षेत्रका किसानलाई सङ्गठित गरी अनुदान, पशुपालन तालिम र निःशुल्क घाँसको बीउ उपलब्ध गराइएको कार्यालयका सूचना अधिकृत कुमारसिंह खत्रीले।जानकारी दिनुभयो । उहाँका अनुसार एक एक सय जनाको पाँच समूह गठन गरी प्रतिसमूह रू १० लाख गरी रू ५० लाख अनुदानस्वरुप उपलब्ध गराइएको छ । कार्यक्रम सुरु भएसँगै पाँचगाछीबाट दैनिक सात सय लि, महाभाराबाट एक सय ५० लि र राजगढबाट पाँच सय लि दूध उत्पादन भई सङ्कलन भइरहेको कार्यालयले जनाएको छ । सो क्षेत्रबाट दैनिक चार हजारदेखि पाँच हजार लि दूध उत्पादन गरी झापालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । त्यस्तै खजुरगाछीमा दुई हजार लि क्षमता भएको चिस्यान केन्द्र स्थापनाका लागि किसानको मागबमोजिम रू चार लाख अनुदानसमेत केन्द्रबाट पारित भइसकेको खत्रीले जानकारी दिए । यस क्षेत्रबाट उत्पादित दूध खरिद गर्न दुई दुग्ध उद्योगसँग सम्झौतासमेत भइसकेको छ । एनएमसी डेरी र ऋतिका डेरीलाई दूध खरिद तथा ढुवानीका लागि प्रतिलि रू दुई दिने सहमति भएको खत्रीले बताए।

cow farming

विशेष