बार्साले रियाललाई हरायो, रियालको उपाधि यात्रामा धक्का

बैशाख ११ । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल मड्रिडलाई पराजित गरेको छ । उपाधि दावेदार दुई टोलीबीचको चर्चित भिडन्त एल क्लासिकोमा बार्सिलोना ३–२ ले विजयी भयो ।
रियाल मड्रिडको मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई तथा ईभाँ राकिटिचले एक गोल गरे । पराजित टोली रियाल मड्रिडका क्यासेमिरो र जेम्स रोड्रिग्वेजले एक– एक गोल गरेका थिए ।
जितपछि बार्सिलोनाले लिग तालिकामा रियाल मड्रिडलाई उछिनेको छ । ३३ खेलबाट उसको ७५ अंक छ । एक खेल कम खेलेको रियाल मड्रिडको समान ७५ अंक भए पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।
barsa
