खेल

एफए कपको फाइनमा चेल्सी र आर्सनल भिड्ने

एफए कपको फाइनमा चेल्सी र आर्सनल भिड्ने
बैशाख ११ । म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनल इङ्लिस एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार राती भएको सेमिफाइनलमा आर्सनलले म्यान सिटीलाई अतिरिक्त समयमा पराजित गर्‍यो । खेलमा म्यानचेस्टर सिटीका सर्जीयो अगुएरोले पहिलो गोल गरे पनि आर्सनलका नाचो मोन्रियालले एक गोल फर्काउँदै ९० मिनेटको खेल १–१ गोलको बराबरी गरे । यसपछि थपिएको अतिरिक्त समयमा अलेक्सिस सान्चेजले गोल गर्दै आर्सनलको जीत सुनिश्चित गरे । आर्सनलले अब फाइनलमा लण्डन क्लब चेल्सीको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा टोटनह्याम हट्सपरलाई ४–२ ले पराजित गर्दै चेल्सीले फाइनलमा ठाउँ पक्का गरेको हो ।

विशेष