समाज

बाँकेमा भिषण आगलागी तीन बालबालिकाको निधन

बाँकेमा भिषण आगलागी तीन बालबालिकाको निधन
वैशाख ११ । बाँकेको होलियामा गएराति भएको आगलागीमा तीन जनाको बालबालिकाको जलेर मृत्यु भएको छ । बाँके जिल्लाको होलिया गाउंमा मध्यरातमा हावाहुरीका कारण सल्किएको आगोका कारण एकै परिवारका २ बालक र एक बालिका सहित ३ जनाको निधन भएको बांके प्रहरीले जनाएको छ । त्यस्तै आगलागीबाँट ९ घर जलेर नष्ट भएको छ । शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासीको पहलमा आगो एक घण्टामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृत्यु भएका बालबालिकाको पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल बाँकेमा राखिएको छ । प्रहरी निरिक्षकको विरबहादुर थापकाको कमाण्डमा नेपाल प्रहरीको टोली घटनास्थलमा रहेको बाँके प्रहरी कार्यालयका प्रमुख टेकप्रसाद सेढाइले बताए ।

aglagi udhyog ma aaglagi

विशेष