समाज

मकवानपुरमा यात्रु बस र ट्रक ठोक्किदा ९ घाइते, एकको अवस्था गम्भिर

मकवानपुरमा यात्रु बस र ट्रक ठोक्किदा ९ घाइते, एकको अवस्था गम्भिर
वैशाख ११ । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा गएराती यात्रु बस ट्रकमा ठोक्किँदा बसमा सवार ९ जना यात्रु घाइते भएका छन् । गएराती साँढे १२ बजे हेटौडाबाट चितवनतर्फ आउँदै गरेको ना ६ ख १२४९ नम्बरको ट्रकमा ना ५ ख २०२० नम्बरको बस पछाडिबाट ठोकिएको थियो । घाइते ९ जनाकै चुरेहिल अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये भक्तपुर बालकोट–९ का ४८ वर्षीय लक्ष्मी कृष्ण श्रेष्ठको अवस्था भने गम्भीर रहेको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका बस चालकको खोजी भैरहेको छ ।

Accident

विशेष