समाज

विराटनगरमा पूजाको प्रसाद खाँदा एक सयभन्दा बढी बिरामी

विराटनगरमा पूजाको प्रसाद खाँदा एक सयभन्दा बढी बिरामी
बैशाख ११ । विराटनगर उपमहानगरपालिका–१९ घिनाघाटस्थित पञ्चकन्या टोलको एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा एक सयभन्दा बढी बिरामी परेका छन् । ईश्वरी पौडेलको घरमा लगाइएको पूजाको प्रसाद खाएकाहरुमा झाडापखाला लाग्ने, बान्ता आउने, टाउको दुख्नेलगायतका समस्या देखिएको हो । पौडेलको घरमा चार दिन अघि लगाइएको घरपैंचो पूजामा रोटी, तरकारी र अचार खाएपछि बिरामी परेको स्थानीय नवराज ढुंगानाले बताए ।बिरामीहरुको कोशी अञ्चल अस्पताल र नोवेल अस्पतालमा उपचार भइरहेको छ ।

विशेष