खेल

विराटको टिमले बनायो आइपीएल क्रिकेट इतिहाँसकै सबैभन्दा कम रन

विराटको टिमले बनायो आइपीएल क्रिकेट इतिहाँसकै सबैभन्दा कम रन
बैशाख ११ । इन्डियन प्रिमियर लिग क्रिकेट ‘आईपीएल’अन्तर्गत गएराति भएका खेलमा कोलकाता नाईट राईडर्स र किङ्स ईलेभेन पञ्जाव विजयी भएका छन् । आफ्नै मैदान ईडन गार्डनमा भएको खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८२ रनले हरायो । खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले १९ ओभर ३ बलमा अलआउट हुनुपूर्व १ सय ३१ रन जोड्यो । कोलकाताका सुनिल नारेनले ३४ रन जोडे । जवाफमा १ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको बैंग्लोरले ९ दशमलव ४ ओभरमा अलआउट हुनुपुर्व ४९ रन मात्रै बनाउन सक्यो । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली रहेको टीमले आइपीएल इतिहासमै सबै भन्दा कम रन बनाएको छ ।  बैंग्लोरका कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बैंग्लोरको ईनिङ ध्वस्त पार्ने क्रममा कोलकाताका नाथन कुल्टर नाईल, क्रिश वोक्स र कोलिन डे ग्रानहोमले तीन तीन विकेट लिए । आइतबार नै भएको पहिलो खेलमा किङ्स ईलेभेन पञ्जावले गुजरात लायन्सलाई २६ रनले हराएको छ ।

Ipl

विशेष