समाज

मोटरसाइकलको ठक्करबाट पूर्व गृहसचिवको निधन

मोटरसाइकलको ठक्करबाट पूर्व गृहसचिवको निधन

वैशाख ११ । मोटरसाइकलको ठक्करबाट पूर्व गृहसचिव पदमराज सुवेदीको निधन भएको छ ।

पैदल हिडिरहेका सुवेदीलाई बाटो काट्ने क्रममा आइतबार अनामनगरमा मोटरसाइकलले ठक्कर दिएको थियो । अनामनगरबाट हनुमानस्थानतर्फ जाँदै गरेको बा ७९ प ४३९२ नम्बरको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो ।

घाइते सुवेदीको उपचारका क्रममा आइतबार दिउँसो नर्भिक अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Accident

विशेष