मनोरञ्जन

यस्तो छ, सधैँ खुसी हुने आलीयाको शुत्र

यस्तो छ, सधैँ खुसी हुने आलीयाको शुत्र
बैशाख ११ । ‘दुःखलाई गर्नु बाई बाई जिन्दगीलाई भन्नु हाई हाई’ यो आलीया भट्टको जिन्दगीको खुशीको शुत्र बनेको छ । बलिउडमा कम समयमा आफूलाई स्थापित गराउन सफल भएकी अभिनेत्री हुन् आलीया । जिन्दगीलाई कसरी सुनिश्चित बनाउने भन्नेबारे आलीयाले आफ्ना अनुभव साटेकी छिन् । फिल्म ‘डियर जिन्दगी’ को वल्र्ड टेलिभिजन प्रिमियरको अवसरमा आलीयाले जिन्दगीमा खुशी हुनेवारे एक चिठी लेखेकी थिइन् । शाहरुख खानको पनि भूमिका रहेको उक्त फिल्ममा जिन्दगीका उत्तरचढाव, मानसिक तनाव र त्यसलाई सन्तुलन गर्नेबारे पर्दामार्फत देखाइएको छ । उक्त चिठीमा आलीयाले आफूले पनि उक्त फिल्मबाट जिन्दगीमा साना साना कुराको कदर गर्न र त्यसमा सन्तुष्ट लिन सकेको बताएकी छिन् । उक्त फिल्ममा ‘कायरा’ को भूमिका निर्वाह गरेकी आलीयाले फिल्ममार्फत जिन्दगीका उतारचढावलाई मिलाएर लैजान र त्यसलाई सामना गर्न सकेको बताइन् । दुःखलाई बिदा दिँदै आफ्नो जिन्दगीलाई माया गर्न आलीयाले आफ्ना प्रशंसक तथा फ्यानहरुलाई आग्रह गरेकी छिन् ।

विशेष