
बैशाख ११ । फिल्म ‘घामपानी’ ले अनौठौ संयोग पार गरेको छ । संयोग के भने निर्देशक
दीपेन्द्र लामाको करियरको पहिलो निर्देशन र नायिका
केकी अधिकारीको करियरकै पहिलो हिट फिल्म ।
अहिलेसम्म दर्जनौ फिल्ममा काम गरिसकेकी केकीको कुनै पनि फिल्मले व्यापारिक रुपमा यति धेरै सफलता हात पार्न सकेका छैनन् । अभिनयको तारिफ भने उनले चौतर्फी रुपमा हुने गर्दछ । तर, यो बैशाख १ गते रिलिज भएको फिल्म ‘घामपानी’ ले भने व्यापारिक रुपमै सफलता पायो ।
एक अन्तर्वातामा बोल्दै केकीले आफ्ना नजिकका मानिसहरुले अगाडि नभनेपनि पछाडि भने आफ्नो फिल्म फ्लप भएको कुरा गर्ने गरेको बताइन् । त्यो कुराले आफूलाई पनि नराम्रो लाग्ने गरेको खुलासा गरिन् ।
त्यस्तै निर्देशक लामाले फिल्मको लागि अफर गर्दा केकी बताइन् । लामाको पनि पहिलो फिल्म र आफ्नो फिल्म बारम्बार फ्लप भएको कारण केकी डराएकी थिइन् ।
तर, फिल्मले सफलता हात पार्यो । सफलतासँगै दिपेन्द्रले केकीलाई फिल्मलाई लिँदा फिल्म चल्दैन भन्नु अन्धविश्वास भएको बताएका छन् । फिल्मी समीक्षक र पत्रकार रहेका लामाको ‘घामपानी’ पहिलो निर्देशन थियो ।
दयाह्याङ राईको पनि अभिनय रहेको उक्त फिल्ममा अन्तरजातिय विवाहको लागि गर्नुपरेको संघर्षलाई पर्दामा उतारिएको छ ।
र याे पनि
निर्देशक दीपेन्द्र भन्छन– घामपानीमा दया र केकीबाहेक अरुकाे विकल्प थिएनन् (भिडियोसहित)
dipendra lama
Keki Adhikari