खेल

फुटवल खेलाडी ममताकाे परिवारलाई अार्थिक सहयोग

फुटवल खेलाडी ममताकाे परिवारलाई अार्थिक सहयोग
वैशाख ११ कैलालीको फुलवारीकी फुटवल खेलाडी ममता सिकेको परिवारलाई सहयोग प्रदान गरिएको छ । केही महिना अघि निधन भएकी ममताको परिवारलाई अखिल नेपाल फुटवल संघ एन्फाले रु ५० हजार प्रदान गरेको हो । मंगलबार कैलाली फुटबल संघका अध्यक्ष प्रकाश विष्ट नेतृत्वको टोलीले सिकेकी आमा वसुन्धरी सिकालाई ५० हजारको चेक प्रदान गरेको छ । एन्फका सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य गणेश चन्दको पहलमा सिकेको परिवार सो रकम प्रदान गरिएको हो । लामो समय कैलाली र सुदूरपश्चिमको महिला फुटवलमा सिकेले देखाएको प्रदर्शनका कारण उनलाई सहयोग गरिएको एन्फाले जनाएको छ । एन्फाले सहानुभूति स्वरुप मरणाेप्रान्त दिएको बताएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा कैलाली जिल्ला अध्यक्ष प्रकाश विष्टका अलावा कैलाली जिल्ला फुटवल संघका महासतिव अनिल मल्ल, सदस्य रामदत्त भट्ट र धनगढी युवा क्लव अध्यक्ष राजेश गिरीको सहभागीता रहेको थियो ।

football

विशेष