स्वास्थ्य

प्रधानमन्त्रीले खुलेरै गरे स्वास्थ्यमन्त्रीको प्रशंसा

प्रधानमन्त्रीले खुलेरै गरे स्वास्थ्यमन्त्रीको प्रशंसा

वैशाख १२ । प्रधानमन्त्री पुष्पकमल दाहालले छोटो समयमा स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको बताएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं वैठकमा सोमबार दाहालले स्वास्थ्य मन्त्री गगन थापाले छोटो समयमा जनताले प्रत्यक्ष अनुभूति पाउने गरी काम गरेको भन्दै थापाको खुलेर प्रशंसा गरे ।

प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्रीले केही महिनाको अन्तरालमै स्वास्थ्य क्षेत्रमा थुप्रै नयाँ आयाम भएको दाबी गरे । ‘मेरो नेतृत्वको सरकार मुलुकमा दिगो शान्ति, सबै क्षेत्रमा सकारात्मक परिवर्तन र शान्ति ल्याउने उद्देश्यले गठन भएको हो,’ प्रधानमन्त्री दाहालले भने, ‘यसलाई स्वास्थ्य मन्त्रीले राम्रोसँग बुझ्नु भएको छ । उहाँ आफैं पनि स्वास्थ्यको पहुँचभन्दा बाहिर जनता रहनु हुँदैन भनेर लाग्नु भएको छ । त्यसैले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय थुप्रै प्रगति भएका छन् ।’

दाहालले स्वास्थ्य क्षेत्रमा भएको प्रगतिले आफू गौरवान्वित भएको बताए ।

नयाँ पत्रिका

PM

विशेष